आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काग्रेसका नेता रुगटा द्वारा नारायणी अस्पतालमा स्क्रिनिङ्ग बुथ जडान

AuthorAP Khabar२०७७ बैशाख ६, शनिबार (३ साल अघि) १०९८ पाठक संख्या

दिपक चौरसिया
पर्सा : काँग्रेसका नेता एवं उद्यमी अनिल कुमार रुगंटाको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा पहिलो पल्ट ९कोभिड(१९० को भाइरस परिक्षणका लागि स्वाब संकलन गर्नको लागि स्क्रिनिंग बुथ जडान गरिएको छ । नेता रुंगटा आफ्नै उपस्थितमा शनिबार अस्पतालको आकस्मिक कक्षको मुख्य गेटमा स्क्रिनिंग बुथ जडान गरी अस्पतालका मेडिकल सुपरिटेन्डेड डा।मदन प्रसाद उपाध्यायलाई हस्तान्तरण गरे ।

चिकित्सकहरुको सुरक्षाको ध्यानमा राखेर नेता रुगंटाले कोरोना शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गर्नमा सहजता होस् भने उदेश्यले अस्पतालमा स्क्रिनिंग बुथ जडान गरेका हुन् । बुथ हस्तान्तरण कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं।४ का वडा अध्यक्ष जगत साह कानु, सानो पाईलाका अध्यक्ष कंचन झा, नेवि संघका केन्द्रिय सदस्य दिलिप राज कार्की लगाएको सहभागिता रहेको थियो ।

कार्यक्रममा पूर्व सांसद समेत रहेको नेता रुगंटाले ९कोभिड(१९० को संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन स्वागत योग्य रहेको बताउँदै शंकास्पदहरुको जाँचको दायरा फराकिलो नबनाउदासम्म यसको कुनै अर्थ रहने भएकोले जाँचको दायरा फराकिलो बनाउन माग गरे ।

अस्पताललाई हस्तान्तरण गरिएको स्क्रिनिंग बुथ आवश्यक्ता अनुसार सार्न मिल्ने गरि फोल्डीङ्ग स्टिम बुथ बनाईएको छ । कोरोनाको आशंका भएका बिरामीले स्वास्थकर्मीमाथी नै अव्यवहारीक व्यवहार गर्न थालेपछि चिकित्कसहरुको सुरक्षाको लागि स्क्रिनिगं बुथ निर्माण गरिएको हो । स्वाब संकलन गर्दा चिकित्सक बुथ भित्र र बिरामी बाहिर रहने छन् । यसरी बुथबाट स्वाब संकलन गर्दा चिकित्सकलाई संक्रमणको जोखिम न्युन हुन्छ । बुथमा एर्जेस्ट फ्यान, एलईडि बल्ब, माईक, स्पिकर, चिकित्सकका लागि पञ्जा लगायतका सामाग्रीहरुको व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस