आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पैसा फाल्दै भागेकी दुई महिला प्रहरीको फन्दामा दुवै महिलामा आरडीटी रिर्पोट पोजेटिभ देखियो

AuthorAP Khabar२०७७ बैशाख ६, शनिबार (४ साल अघि) १०२२ पाठक संख्या

जनकपुरधाम : जनकपुरधाममा सडकमा पैसा फाल्दै भागेकी दुईजना महिलालाई घटनाको २४ घण्टा नवित्दै प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिलालाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।

उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ । शुक्रबार जनकपुरधाम वडा नम्बर ४ महावीर चोकस्थित बिच बाटोमै पैसा फाल्दै भागेकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को आमुना खातुन र अलिना खातुनलाई प्रहरीले जानकी मन्दिर पछाडी रहेको मस्जिद नजिकबाट शनिबार दिउँसो साढे २ बजे पक्राउ गरिएको हो ।

उनी दुबैजना नन्द र भाउजु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ ।

सिसिटिभी फुटेजको आधारमा उनीहरु दुबैजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए । दुबै महिलालाई परिक्षणका प्रादेशिक अस्पतालस्थित क्वारेण्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस