आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भव्यताका साथ सुरु भयो बारामा गणेश चतुर्थी (भिडियो सहित)

AuthorAP Khabar२०७५ भाद्र २८, बिहिबार (५ साल अघि) ५६१ पाठक संख्या

 बारा, २८ भदौ : तीज तथा गणेश चतुर्थीको शुभ अवसरमा बाराको विभिन्न स्थानमा विहिवार देखि भव्य गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको छ । जिल्लाको जीतपुर , परवानीपुरमा भव्यताका साथ श्री गणेश चतुर्थीको अवसरमा गणेश पूजाको आयोजना गरिएको हो ।

बिगतका वर्ष झैं यस वर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुर बाराको आयोजनामा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित गौशालाको फिल्डमा भव्य रुपमा पाँच दिने गणेश पूजा सुरु गर्नुका साथै मेलाको पनि आयोजना गरिएको छ ।

पुजामा  दुई सय २१ किलोको लड्डु गणेश भगवानलाई भोग चढाइँने

पुजाको पहिलो दिन विहिवार विहान शोभा यात्रा निकालिएको छ । श्री सिद्धि विनायक पूजा समितिका अध्यक्ष मनोहर साह सोनारको अध्यक्षतामा निकालिएको शोभा यात्रा हात्ती , घोडा र बाजागाजाका साथ जीतपुरको मुख्य सड्क हुँदै पहाडिटोल, पाडाबाजार, टेंढारोड केराढोका लगायतको विभिन्न स्थानको परिक्रमा गरि पुन : महोत्सव स्थलमा फर्किएको थियो ।
भने शोभा यात्रा विभिन्न राजनितिक दल लगायत स्थानीय विभिन्न क्लबका पदाधीकारी सहिँत हाजारौं जना श्रद्धालु भक्तजनहरुको सहभागिता निकालिएको थियो ।

सो पुजाका आचार्य पवनेश शास्त्रीका साथमा अन्य आचार्यहरुद्धारा मंत्रको उच्चारण गर्दै पूजा गराई गणेश भगवानको प्रतिमूर्तिको स्थापना गरी पुजाको शुभारम्भ भएको हो ।

विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको पुजाको मुख्य     आकर्षणको रुपमा गणेश भगवानलाई भोग चढाइँने दुई सय २१ किलोको लड्डु रहेको छ । भने पुजा महोत्सव अवधि भरका लागि सो क्षेत्रमा खेल तमासा, भजन किर्तन, विभिन्न स्टल, मेला सहिँतको व्यवस्था गरिएको पुजा समितिका सचिव श्रीराम साह कानुले बताए ।

त्यस्तै जिल्लाको परवानीपुरमा पनि विहिवार विहान शोभा यात्रा निकाली नगरको परिक्रमा गरी पुन : पुजा स्थलमा फर्केर विधिवत पूजामा परिणत भएको थियो ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस