आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘दुई तिहाईको सरकार, काममा रोकतोक छैन’

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ४८३ पाठक संख्या

काभ्रे  , पुष १० : नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई कसैको रोकतोक नभएको बताउनुभएको छ ।

अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताउनुभयो ।

‘दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो’ उहाँले भननुभयो, ‘सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको काग झैं भएको छ ।’

नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गर्नुभयो । ‘वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस