आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको क्वारेन्टाईनबाट २५९ जना फिर्ता, १६१ को रिपोर्ट नेगेटिभ, एकको पोजेटिभ

AuthorAP Khabar२०७७ बैशाख १०, बुधबार (३ साल अघि) २८७ पाठक संख्या

ओम प्रकाश यादव
रौतहट, बैशाख १० गते । रौतहटको क्वारेन्टाईनबाट आज साँझसम्म २ सय ५९ जनालाई फिर्ता गरिएको छ ।
जिल्लाको विभिन्न स्थानीयतहमा निर्मित क्वारेन्टाईनमा बसेका मध्ये समयावधि पुगेका २ सय ५९ जनालाई घर पठाईएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
बाहिरबाट आउनेहरुलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाईनमा बस्नुपर्ने नियम अनुसार १४ दिनको बसाईमा पनि कोरोनाको कुनै लक्ष्ण नभेटिएपछि उनिहरुलाई क्वारेन्टाईनबाट फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम नरेश साहले बताउनुभएको छ ।

त्यस्तै क्वारेन्टाईनमा रहेका मध्ये १ सय ६२ जनाको नमुना संकलन गरी परिक्षण गर्दा एक जनाको मात्रै रिपोर्ट पोजेटिभ आएको छ भने १ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको नायब सुब्बा साहले बताउनुभयो ।
३ सय ७१ जनाको आरडिटि परिक्षण गर्दा कसैमा पनि पोजेटिभ नदेखिएको समेत उहाँले बताउनुभयो ।
यसैविच जिल्लाको क्वारेन्टाईनमा बस्नेहरुको संख्या बुधवार साँझसम्म १ सय ८७ पुगेको छ । तिमध्ये १४ जना महिला र १ सय ७३ जना पुरुष रहेका छन ।
जिल्लाको विभिन्न स्थानीय तहमा गरी ८ सय ५१ बेड संख्याको क्वारेन्टाईन सञ्चालन अवस्थामा रहेको छ ।
क्वारेन्टाईनमा बस्नेहरुको औषधी उपचार, खानपिन लगाएतको व्यवस्था स्थानीय तहले गर्दै आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस