आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिन्दवासिनी –३ मा राहत वितरणमा अनियमित्ता भएको भन्दै स्थानियद्धारा बिरोध, राहत वितरण कार्य स्थगित

AuthorAP Khabar२०७७ बैशाख ११, बिहिबार (४ साल अघि) ३९८ पाठक संख्या

दिपक चौरसिया
वीरगंज  : पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं। ३ मा रहेका गरिब, अतिविपन्न परिवारलाई राहत वितरण कार्यमा अनियमित्ता भएको भन्दै स्थानियको विरोध पछि स्थगित भएको छ ।

वडा नं। ३ का वडामा रहेका अतिविपन्न तथा गरिबहरुलाई सर्वदलित समितिले १३५ जनाको नाम छनौट गरेकोमा आज वितरण सुरु गर्दा राहत वितरणको लागि बनाईएको प्याकेटमा समान रुपले सामग्रीहरु नरहेको देखेपछि स्थानियहरुले बिरोध गरेका थिए । बिरोध भए पछि राहत कार्य स्थगित भएको छ । राहतको लागि बनाईएको प्याकेटमा कुनैमा तेल थिएन, त कुनैमा दाल तथा अन्य सामग्रीहरु पनि नरहेको स्थानियहरुले हेरेपछि बिरोध भएको स्थानिय जयप्रकाश चौरसियाले बताए ।

गाउँपालिकाबाट वडा नं। ३ का वडध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अंसारीले १० लिटर तेल चोरेर घर लगे पछि राहत साम्रगीमा कमी भएको स्थानिय चौरसियाले बताए । यसरी गरिब, बिपन्नहरुको लागि ल्याईएको सामग्री चोरी गरेका व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीयहरूले माग गरेका छन् ।

“राहतको लागि हामीलाई बोलाई समय खेर फालेको तथा भिडभाड समेत गराएका थिए” भन्दै स्थायीनहरुले “वडा कार्यालयले राहत वितरणमा अनियमित्ता गरेकाहरु माथि आवश्यक छानबिन गरी कारवाही गर्नु पर्ने माग गरे ।” सो सम्बन्धमा गाउँपालिकाका प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा उनको मोबाईल स्विच अफ रहेको छ ।

प्रतिक्रिया दिनुहोस