आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरमा कोरोना अस्पताल हुँदाहुँदै वीरगंजमा संक्रिमत पठाइएकोमा चिकित्सक तथा स्थानियबासीद्धारा बिरोध

AuthorAP Khabar२०७७ बैशाख १२, शुक्रबार (३ साल अघि) ५९८ पाठक संख्या

दिपक चौरसिया÷
पर्सा १२ बैशाख
जनकपुरमा १४ वर्षीय युवकमा बिहिवार कोरोना भाइरस पोजेटिभ देखिएपछि उपचारको लागि बिहीबार राती सो युवालाई उपचारको लागि वीरगंज स्थित नारायणी अस्पतालमा ल्याइएको हो ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रदेश स्तरीय कोरोना अस्पताल हुँदाहुँदै पनि प्रदेश सरकारले कोरोना संक्रमितलाई वीरगंज पठाएपछि अहिले चिकित्सक तथा स्थानियबासीद्धारा चौतर्फी विरोध हुन थालेको छ ।
कोरोना चेकजाँच गर्ने पिसिआर मेसिन जनकपुरमा संचालनमा रहेको तर वीरगंजमा जडान पनि नसकेको अवस्थामा नारायणी अस्पतालका चिकित्सकहरुको विरोधका बाबजुद प्रदेश– २ सरकारको निर्देशनमा जनकपुरबाट कोरोना संक्रमितलाई बीरगंज ल्याइएको हो ।
वीरगंजस्थित नारायणी अस्पतालमा पूर्वाधारविना सञ्चालन गरिएको कोरोना अस्पतालमा बिहीबार जनकपुरबाट कोरोना संक्रमित बिरामी ल्याउदै गरेको जानकारी पाएपछि अस्पतालका कोरोना रोगको उपचारमा संलग्न डा. उदय नारायण सिंह लगायतका चिकित्सकहरुले बिरोध गरे पनि संघ सरकार र मन्त्रालयको दबावमा सो रोगीलाई नारायणी अस्पतालमा राख्न बाध्य भएको बताए ।
सो कार्यका सामाजिक संजालमा प्रदेश सरकारको चौतर्फी विरोध भइरहेको छ । प्रदेश सरकारले कोरोना चेकजाँच गर्नका लागि २ हप्ता पहिला नै पिसिआर मेसिन वीरगंज पठाएको थियो । तर त्यसका अन्य उपकरणहरु नपठाएका कारण उक्त मेसिन जडान हुन नसकेर थन्किरहेको छ । यस अवस्थामा प्रदेश सरकारले कोरोना संक्रमितलाई जनकपुरबाट बीरगंज पठाएर बीरगंजका जनताहरुलाई तर्साउने कार्य गरेको तथा जनकपुर र बीरगंजबीच सौतेनी व्यवहार प्रस्तुत गरेको भन्दै टीका–टिप्पणी हुन थालेको छ ।
सामाजिक संजालमा यहाँका राजनीतिक दल, स्थानिय बुद्धिजिवि, सचेत वर्ग लगायत सञ्चारकर्मीसम्म बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस