आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगंजमा उपचाररत कोरोना संक्रमति ४ जनाको रिपोर्ट नेगेटिभ, सोमवार सम्म डिस्चार्ज गर्ने सम्भावना : डा. सिंह

AuthorAP Khabar२०७७ बैशाख १३, शनिबार (३ साल अघि) ४८७ पाठक संख्या

दिपक चौरसिया
पर्सा  : वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको गत बुधबार र शुक्रबार आएको दुबै रिपोर्ट नेगेटिभ आएको कोरोना उपचारमा संलग्न डा। उदय नारायण डा. सिंहले बताए ।

तेस्रो रिपोर्ट परिक्षणको लागि पठाइएकोमा रिपोर्ट नेगेटिभ नै आएको तर आधिकारित पत्र अस्पताललाई उपलब्ध नभएको डा. सिंहले बताए । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शुक्रबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।

चारैजनाको पछिल्लो रिर्पोट नेगेटिभ आए पनि पुनः अन्तिम पटकका लागि शुक्रबार थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको अस्पतालले जनाएको छ । यो रिपोर्टको नतिजाको आधारमा चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । नारायणी अस्पतालमा पाँच संक्रमित उपचाररत छन् । चार जनाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीका एकजनालाई भने छुट्टै राखेर उपचार गरिएको छ ।

अस्पतालका डा, सिंहले डिस्चार्जका लागि अन्तिम रिपोर्टको पर्खाइमा रहेको र सम्भवत आईतवार वा सोमवार उनिहरुलाई डिस्चार्ज गरिने बताए । ‘संक्रमितको अवस्था सामान्य छ, तेस्रो पटक गरिएको पीसीआर परीक्षणमा सबैको नजिता नेगेटिभ आएको छ,’ उनले भने, ‘ शुक्रबार पठाएको थ्रोट स्वाब नमूनाको रिपोर्टको आधारमा डिस्चार्ज गर्ने वा नगर्ने निर्णयमा पुग्छौं’ डा. सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस