आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढमा खाद्यान्न ढुवानी गर्नेट्रकबाट मदिरा बरामद

AuthorAP Khabar२०७७ बैशाख १६, मंगलबार (३ साल अघि) ११६२ पाठक संख्या

एपी खबर
निजगढ  : ‘लकडाउन’को बेला खाद्यान्न बोक्ने गाडी लेखिएको ट्रकमा मदिरा ओसार पसार गर्दै गर्दा इलाका प्रहरी कार्यालय निजगढले ट्रक चालक सहित ट्रक नियन्त्रणमा लिएको छ ।

निजगढ नगरपालिका वडा नं ७ स्थित रविकोल्ड स्टोरमा बबई स्पेशल ब्राण्डको सोफी मदिरा ३६ कार्टुन भित्त्रायाउन थाल्दै गर्दा ना १ क ६०२७ नम्बरको ट्रक र रौतहट चन्द्रपुरका ३५ वर्षिय चालक सीताराम चौधरीलाई ईलाका प्रहरी निजगढको टोलीले नियन्त्रणमा लिएको हो ।

५० काटुन बबई स्पेशल ब्राण्डको सोफी मदिरा मध्ये १४ काटुन सो कोल्ड स्टोरमा भित्त्रायाई सकेको अवस्थामा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख एंव प्रहरी निरिक्षक विकास थपलियाले बताए । मदिरा खरिद गर्ने रवि कोल्ड स्टोर सञ्चालकलाई भने, ईप्रका निजगढले नियन्त्रणमा लिएको छैन ।

सो कोल्ड स्टोर अघि रोक्दै गरेको उक्तट्रकलाई चेकजाच गर्दा प्रहरी माथि अभद्र ब्यवहार गरेको भन्दै अभद्र कसुरमा १० दिनको म्याद थपगरी थप अनुसन्धानकार्य जारी रहेको निरीक्षक थपलियाले जानकारी दिए ।

सो मदिरा रौतहट स्थित बालाजी खाद्यउद्योगबाट ल्याईएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन रौतहटबाट लिएको पासको समेत म्याजगुज्री सकेको पाईएको निरीक्षक थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस