आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढमा मापदण्ड विपरित राहत सामाग्री वितरण

AuthorAP Khabar२०७७ बैशाख १६, मंगलबार (३ साल अघि) ३३३ पाठक संख्या

एपी खबर
निजगढ : कोराना भाइरस नियन्त्रण रोकथामको लागि जारी लकडाउनबाट दैनिक जिविकोपार्जन गर्न कठिनाइ बेहोर्दै आएका र विपन्न परिवारलाईमात्र वितरण गर्नुपर्ने राहत सामाग्री बाराको निजगढ नगरपालिका वडा नम्बर १ मा मापदण्ड वितरण गरिएको छ । ४७० घरधुरी परिवार रहेको सो वडामा मापदण्ड विपरित ३७७ घरधुरी परिवारलाई राहत सामाग्री उपलब्ध गराइएको छ ।

निजगढ नगरपालिकाले पारित गरेको ‘निजगढ नगरपालिकाको राहत वितरण मापदण्ड–२०७६’ विपरित वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चनको मौखिक निर्देशनमा सदस्य वैदेशिक रोजगारीमा रहेको परिवार, जेष्ठ नागरिक, अपाङ्ग र सामाजिक सुरक्षा भत्ता, पेन्सन पाउदै गरेका, जग्गा जमिन, पक्की घर, मोटरसाइकल, गाडी (टेम्पो), भएका र व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुलाई पनि राहत दिइएको छ ।

नगर कार्यपालिकाले १७ बुँदे मापदण्ड पारित गरेपछि सोही अनुसार परिवारको लगत तयार पारेर राहत वितरण गर्न वडा अध्यक्षको संयोजकत्वमा गठन भएको सर्वदलिय÷सर्वपक्षिय समितिलाई निर्देशन गरेको थियो । तर वडा स्तरको सर्वदलिय÷सर्वपक्षिय समितिको पहिलो बैठकमा समितिका संयोजक एंव वडा अध्यक्ष लोप्चनले कार्यपालिकाले पारित गरेको मापदण्ड बारे सदस्यहरुलाई जानकारी नै नगराई वडामा रहेका ५ वटा टोल विकास संस्थाका १÷१ जना प्रतिनिधि र आफना नजिकका थप ५ जना मान्छेहरुलाई खटाएर राहतको लागि लगत तयार पार्न लगाएका थिए ।

सर्वदलिय सर्वपक्षिय समितिमा छलफल नै नगराइ वडा अध्यक्ष लोप्चनले निजगढ नगरपालिका कार्यालयमा राहत सामाग्री माग गर्दै सोही लगत पेस गरेका थिए । वडामा राहत सामाग्री उपलब्ध गराउने क्रममा नगरपालिकाले सर्वपक्षिय सर्वदलिय समितिको निर्णय खोजेपछि मात्र वडा अध्यक्षले लगत अनुमोदन गराउन समितिको बैठक डाकेका थिए । समितिमा रहेका नेकपा र अन्य दलका प्रतिनिधिले संकलन भएको लगत अनुमोदन गर्न वडा अध्यक्षले दवाव दिएको बताएका छन । उनीहरुकाअनुसार नगरपालिकामा लगत पुगिसकेको र लगतमा नाम परेका भनिएका मानिसहरुबाटसमेत आफुहरुलाई पनि दवाव आउन थालेपछि बाध्य भएर लगत अनुमोदन गर्नु परेको थियो । वडा अध्यक्षले दिन खोजेको राहत दलका प्रतिनिधिहरुको विरोधका कारण रोकिएको भन्ने सन्देश जाने देखिएपछि मौन बस्नु परेको उनीहरुले बताएका छन ।

सोही विषयमा नगर कार्यपालिकाको बैठकमासमेत प्रश्न उठेपछि बहुमत कार्यपालिका सदस्यले वडा नम्बर १ मा मापदण्ड विपरित लगत संकलन गरिएको र जभाभावी सामाग्री वितरण गर्न लागिएको भन्दै फरक मतसमेत लेखेका थिए । विवादका कारण केही दिनसम्म नगरपालिकाले सो वडाको राहत सामाग्री रोेकेर राखेको थियो । तर नगरप्रमुख सुरेशकुमार खनालले कार्यपालिकाका बहुमत सदस्यको निर्णय कार्यान्वयमा चासो नदेखाएपछि वडाबाट प्राप्त लगतकै आधारमा सामाग्री पठाइएको थियो । मापदण्ड पारित गरेसंगै कार्यपालिका बैठकले वडाबाट प्राप्त लगतमा छलफल गरेर मुनासिब देखिएपछिमात्र सामाग्री उपलब्ध गराउने भन्ने निणर्य पनि गरेको थियो ।

निजगढ नगरपालिकाले २ जनामात्रै सदस्य संख्या भएको परिवारमा १५ केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ पोका नुन र ४ जनासम्मको परिवारमा २० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ पोका नुन तथा ४ भन्दा बढी सदस्य संख्या रहेको परिवारमा २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, २ पोका नुनका दरले राहत सामाग्री वितरण गर्दै आएको छ । निजगढ नगरपालिकामा ७०९३ घरधुरी रहेकोमा पहिलो चरणअन्तरगत २२८८ परिवारले राहत सामाग्री पाएका छन ।

प्रतिक्रिया दिनुहोस