आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढका ब्यापारीद्धारा सामाजिक दुरीको उलङ्घन

AuthorAP Khabar२०७७ बैशाख १७, बुधबार (३ साल अघि) ९२४ पाठक संख्या

एपी खबर
निजगढ : बाराको निजगढमा रहेका तरकारी तथा खाद्यान्न ब्यापरीले समाजीक दुरी उलङ्घन गरेको पाइएको छ । लक डाउनको समयमा अतिआवश्यक समाग्रीका लागि समाजीक दुरी कायम गरी ब्यापार गर्ने भनेपनि यहाँका ब्यापारी यसको यस नियमको उलङ्घन गरेको पाइएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रणमा फलदाई देखिएको समाजीक दुरीलाई निजगढ बजारका ब्यायापरीहरुले उलङ्घन गरेको पाइएपछि स्थानियहरु चिन्तीत भएका छन ।

स्थानिय प्रशासनले आफ्नो भुमिका राम्रासंग निर्वाह नगरेकै कारण यहाँका ब्यापारीहरुले मनोपोलि गर्दै आएको आरोप स्थानियहरुले लगाएका छन् । नगरपालिका स्तरमा अतिआवश्यक समाग्री बाहेकका पसल नखोल्न भनिएपनि लुकिछिपि अन्य पसल समेत खुलेको र तरकारी तथा खाद्यान्न पसलले समाजीक दुरी समेत कायम नगरेका कारण भोलीको दिनमा यस क्षेत्रमा संक्रमण हुने हो कि भन्ने चिन्तामा आफुहरु परेको स्थानियको भनाई छ । मंगलबार बिहान तरकारी बजार पुग्दा झुण्डझुण्डमा मानिसहरुले तरकारी किनिरहेको पाइएपछि यहाँका स्थानियहरु चिन्तीत बनेका हुन् ।

निजगढ नगरपालिकामा हाल तरकारी तथा खाद्यान्न बिक्री भइरहेको स्थान प्राय व्यवस्थित छैन । तरकारी व्यापारीले नगरपालिकाले तोकेको स्थानभन्दा बाहिर रोडमै बसेर पनि तरकारी बिक्री गरिरहेको पाइएको छ । निजगढ चोक नजिक रोडको ठाउँ ठाउँमा व्यापारीले अव्यवस्थित रुपमा तरकारी बेचिरहेका छन ।

तर नगर उद्योग वाणिज्य संघ निजगढमा संयोजक कृष्ण नेपालले ब्यापारीहरुलाई सेनेटाईजर, साबुन पानीका साथै सुरक्षाका उपाय अपनाएर मात्र ब्यवसाय संचालन गर्न आग्रह गरीसकेको बताउनुभयो । उहाँले कहि कतै कसैले नगरेकोले भोलीदेखि सुरक्षाको उपाए अपनाउन आफुले थप पहल गर्ने बताउनुभयो ।

यता बजार ब्यवस्थापनका बारेमा ईलाका प्रहरी कार्यालय निजगढमा प्रहरी निरिक्षक विकास थपलियाले आफुहरुले बजार ब्यवस्थापन गर्न सक्दो प्रयास गरीरहेको बताउनुभएको छ । उहाँले सानो पसलमा पनि किराना आईटम हुने र स्थानियहरुले भनेको कुरा नमानने भएको कारणले यस्तो समस्या आएको जानकारी दिनुभयो ।

निजगढका व्यापारीले काहि कतै साबुन पानी र स्यानिटाईजर समेत राख्ने गरेको पाईएको छैन । जोखिम बढ्यो भनेर नगरपालिकाले नगरपालिकाका रहेका दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न विक्रेताका पसलहरु सुरक्षित बनाएर बिहान ६ बजे देखि बिहान १० बजे सम्म मात्रै खोल्ने निर्णय गरेको थियो तर पसलहरु खुलेता बजारको अवस्था झनै नाजुक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस