आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरस : अमेरिकामा ५९ हजारभन्दा बढीको मृत्यु

AuthorAP Khabar२०७७ बैशाख १७, बुधबार (३ साल अघि) ३२२ पाठक संख्या

बैशाख १७ एजेन्सी : ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप २ हजार ४२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५९ हजार २२५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ८८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ३५ हजार २४० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ४१ हजार ९०७ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८ लाख ३४ हजार १०८ जनामध्ये १५ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस