आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अलैँचीको सराबाट पनि आम्दानी

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४५३ पाठक संख्या

इलाम  , पुष ११ :  अलैँचीको दानाबाट मात्र नभई किसानले सराबाट पनि आम्दानी गर्न थालेका छन् । अलैँचीको मूल्य पहिलेभन्दा बढेपछि किसानको आम्दानी बढेको हो ।

अलैँची फल्ने सिजनमा बजारमूल्यमा हुने उतारचढावले गर्दा तनाव भोगिरहेका कृषकहरुले अब अलैँचीको दानाबाट मात्रै नभई सराबाट समेत राम्रो आम्दानी गर्न थालेका छन् ।

अलैँची टिप्नुअघि पुरानो अलैँचीको सरा झिक्न र भिकेको सरा फालेर व्यवस्थापन गर्न झन्झटिलो हुने गर्छ । पूर्वी पहाडी जिल्लाका अधिकांश कृषकको प्रमुख आम्दानीको स्रोत अलैँची खेती नै हो । तर कृषक भने अलैँचीको दानाबाट मात्र आम्दानी लिन बानी परेका छन् ।

दाना मात्र होइन सराबाट पनि आम्दानी लिन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, ताप्लेजुङ्गकी माया गुरुङ्ग । उहाँले अलैँचीका सराबाट विभिन्न किसिमका सामग्रीहरु निर्माण गरेर बेच्ने गर्नुभएको छ । सिजनैपिच्छे अलैँचीको बजारमूल्य घटेको मात्र देख्ने कृषकले दानाबाहेक आम्दानीको अरू उपाय नदेखिरहेको बेला गुरुङ्गको मेहनतले बनेका सामग्री  महोत्सवमा समेत देखिएपछि धेरैलाई अलैँचीको सरा आम्दानीको स्रोत बनाउन सकेकोमा आश्चर्य लागेको छ ।

जिल्ला सदरमुकाममा पुष ५ देखि शुरु भएको मेची पर्यटन महोत्सवमा गुरुङ्गले अलैँचीको सराबाट खेलौना, पर्स, व्याग, पिरा, टेबलम्याट, डोरम्याटजस्ता सामग्री सहितको स्टल राखेपछि अलैंचीको सराबाट कसरी आम्दानी हुँदाेरहेछ भनेर अवलोकनकर्ताहरुले जानकारी पाएका छन् ।

फुङलिङमा २०६८ सालदेखि नै यस्ता सामग्री तयार पार्ने उद्योग नै चलाएर नाफाआर्जन गर्दै आएकी गुरुङले भने आफ्नै दिमागले यस्ता सामग्री निर्माण गर्दै आएको बताउनुभयो । चन्दन फाइभरको नाममा सञ्चालित उहाँको उद्योगमा हाल ५ देखि १० जना नियमित रोजगारी समेत गरिरहेको गुरुङको भनाइ छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस