अबैध हतियार सहित बारामा एक जना पक्राउ

देश समाचार स्थानीय

अखिलेश यादव।बारा १९ बैशाख

बारामा अबैध हथियार सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएका छन। बुधवार साझ करीब ७ः४५ बजेको समयमा इलका प्रहरी कार्यालय बारागढी बाट खटेको प्रहरी टोलीले सडकमा घुमिरहेको बेला संका लागेमा चेकजाँच गर्ने बेलामा हथियार सहित पक्राउ गरेको थियो ।

बाराको बारागढी गाउँपालिकाको वार्ड नं.३ सिपुरा टोल को ३५ बर्षको मनोज राय नेटुवा रहेको प्रहरी प्रवक्ता गौतम मिश्रा जनकारी गराएका छन । रायको खानतलासी गरेमा लुकाएर राखेको अवस्थामा राखेको अवैध नरकटुवा बन्दुक एक थान फेला परेको मिश्राले जनकारी गराएका छन ।

कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय बारामा दाखिला गराएर राय माथि हातहतियार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरेर कर्वाहिको प्रक्रिया अगाडि बढाएको छ। बारा जिल्ला अदालत बाट ७ (सात) दिनको म्याद अनुमति लिएर थप अनुसन्धानको लागि हिरासतमा राखिएकि बारा प्रहरीले जानकारी दिएकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *