आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भन्सार एजेन्ट यादवलाई झुठा मुद्दामा फँसाईएकोले तत्काल बिना शर्त रिहाई गर्न वीरगंज भन्सार एजेन्ट संघको माग

AuthorAP Khabar२०७७ बैशाख १९, शुक्रबार (३ साल अघि) ६५३ पाठक संख्या

दिपक चौरसिया÷
पर्सा १९ बैशाख
वीरगंज भन्सार एजेन्ट संघले हुण्डीको आरोपमा हिजो पक्राउ परेका वीरगंज १६ ईनर्वाका लालबाबु कुमार यादवलाई विना सर्त रिहाई गर्न माग गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष निर्मल प्रसाद कुर्मीले आज एक विज्ञप्ती जारी गर्दै पक्राउ परेको यादव हुण्डी कारोबारी नभई वीरगंज भंसारका एजेन्ट रहेकोले विना सर्त रिहा गर्न माग गरेका हुन् ।

यादवलाई हुण्डी कारोवारमा संग्लन रहेको आरोपमा प्रहरीले नगदसहित प्रकाउ गरी सामचार सम्प्रेषण गरिएको प्रति संघको गम्भीर ध्यानकर्षण भएको विज्ञप्तीमा उल्लेख रहेको छ । निज हुण्डी कारोवारी नभई एम. ए. आर. क्लियरिङ् सेवा इजाजत नं. ४०७ का कार्यरत सहायक नेपाली क्लियरिङ् एजेन्ट कर्मचारी हुन संघले जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपालमा आयातित चामलको कस्टम ड्युटी तिर्न आफ्नो ईनर्वा निवासबाट भन्सार कागजात सहितको भन्सार जाँच चौकी, सिर्सिया (आईसिपी) जाँदा बीरगँज भन्सार क्षेत्रमा ईनर्वामा नै प्रहरीले प्रकाऊ गरि झुठो मुचुल्का उठाई रक्सौल पारिबाट आउदा समातिएको तर्फ खेद प्रकट गर्दै निर्दोष यादवलाई अविलम्ब रिहाईको माग संघले गरेको छ ।

इनर्वा प्रहरी चौकीमा रहेका प्रहरी नायव निरिक्षक बैद्यनाथ दासले पेशा ब्यवसाय गरेर खानेहरुलाई दुःख दिई आफूलाई चर्चामा ल्याउँने नियतले यादवलाई पक्राउ गरेको संघले आरोप समेत लगाएको छ । संघले जारी गरेको विज्ञप्तिमा उनको यो काम प्रहरी संगठनले पाएको अधिकारको दुरुपयोग गरेर पेशा ब्यवसायमा संलग्नहरुलाई हतोत्साहित गर्ने तर्फ लक्षीत रहेको छ ।

यादवलाई प्रहरीले आफनै घरबाट आइसीपी जाँदा समातेको हो । तर प्रहरीले बनाएको मुचुल्कामा समेत रक्सौलबाट आउँदा समातेको गलत मुचुल्का उठाएको वीरगंज भन्सार एजेण्ट संघले गम्भिर आरोप लगाएको छ । यसरी मुचुल्का तयार पार्ने प्रहरीको काम प्रति संघले खेद समेत प्रकट गरेको छ ।
रक्सौल वीरगंज कसैलाई आवतजावत गर्न दिएको छैन । यस्तो अवस्थामा प्रहरीले नै रक्सौलबाट आउँदै गर्दा यादव पक्राउ भनेर समाचार जारी गरेको छ ।

प्रहरीको यो कदमलेनै प्रहरीको काम शंकाको घेरामा परेको हो । भन्सारबाट आ—आफ्नो मालसमान छुटाउनको लागि बालाजी ईन्टरप्राईजेज प्रालीले ८ लाख, साहिल ट्रेर्डिङ्ग सप्लायर्सले ९० हजार, श्री गणपती सप्लायर्सले १ लाख ५० हजार र एलबी ट्रेडर्सले १ लाख १० हजार गरी कुल ११ लाख ५० हजार रुपैया यादवलाई दिएका थिए ।

सो बारे वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले नेपाल भारत सिमा पूर्णरुपमा सिल रहेको अवस्थामा कसरी भारतबाट नेपाल हुण्डीको कारोबार हुन सक्न भनि प्रतिप्रश्न गरे ।

मेयरले भन्नुभयो प्रहरी प्रशासनले भन्सार श्रेत्रमा खुलेआम तस्करी गरै रहेनु भएको छ भने आरोप लगाउनु भको छ। यहाँका व्यापारी तथा एजेन्टहरुमा त्रास उत्पन्न गर्ने काम गरेकोले यस्तो कार्य नगर्न प्रहरी प्रशासन सँग आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस