आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जय गुरुदेव सत्संग संस्था वीरगंजद्धारा निःशुल्क खाना खुवाउने कार्य सुरु

AuthorAP Khabar२०७७ बैशाख २०, शनिबार (३ साल अघि) ३६६ पाठक संख्या

दिकप चौरसिया÷
पर्सा २० बैशाख ।
जय गुरुदेव सत्संग संस्था गा.वि.स. रामगढवा वडा नं. ६ (हाल वीरगंज महानगरपालिका वडा नं. २४) पर्साले गरिब, अतिबिपन्नलाई निःशुल्क रुपमा खाना खुवाउने कार्य शुभारम्भ गरेको छ ।

वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बजरंग हलको पश्चिम र ज्ञान्दा एकेडेमीको दक्षिण तर्फ रहेको संस्थाको प्राङ्गणमा आजबाट लकडाउन अवधिसम्म निःशुलक रुपमा खाना खुवाउने कार्य सुरु भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभरि फैलिएको अवस्थामा गरिब, अतिबिपन्न वर्गहरुलाई दैनिक गुजारा चलाउन मुस्किल भएको अवस्थामा जय गुरुदेव सत्संग संस्थाले निःशुलक रुपमा खाना खुवाउने कार्य सुरु गरेकोमा स्थानियबासीहरुले भित्रि मन देखि नै प्रशंसा गरेका छन् ।
हरेक दिन बिहान १०ः०० बजे देखि बेलुकी ६ः०० बजे सम्म निःशुल्क रुपमा खाना खुवाउने कार्य सुरु गरेको संस्थाका अध्यक्ष हरिशंकर प्रसाद रौनियारले जानकारी दिनु भयो । खाना व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च संस्थाका सम्पूर्ण पदाधिकारी र सदस्यहरुले बेहोर्ने गरेको अध्यक्ष रौनियारले बताए ।
खाना खुवाउने सो कार्यक्रमा संस्थाका विकास कुमार गुप्ता, रमेश साह कानु लगायत १० जनाको सक्रियता रहेको अध्यक्ष रौनियारले बताए ।

प्रतिक्रिया दिनुहोस