आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा पहिलो पटक ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि

AuthorAP Khabar२०७७ बैशाख २१, आईतबार (३ साल अघि) ६१८ पाठक संख्या

बैशाख २१ काठमाडौं : नेपालमा पहिलो पटक सात वर्षका बालकमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज (आइतबार) नेपालगञ्जमा ९ जना र वीरगञ्जमा एक गरि १० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ भने नेपाललगञ्जमा मात्रै संक्रमितको संख्या १० पुगेको छ जसमा ७ वर्षका बालक पनि छन् । जसमा ५ पुरुष र ४ महिला छन् ।

बाँकेमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिले ट्युसन पढाउने महेन्द्र पार्क नजिकै रहेको नेपालगन्ज उपमहानगरपालिका–८ जोलाहनपूर्वाको इस्लामिया फैजुल इलम मदरमा अध्ययनरत बच्चामा कोरोेना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

शनिबार थ्रोट स्वाब संकलन गरिएका ९० जनाको परीक्षणमा नौ जनाको कोरोना पोजेटिभ र २१ जनाको नेगेटिभ रिपोर्ट आएको हो । अझैं ६० जनाको परीक्षण गर्न बाँकी नै छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४ र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन् । आइसोलेसनमा उपत्यकामा ४ र बाहिर ७३ गरेर ७७ जनाको उपचार भइराखेको छ ।

प्रतिक्रिया दिनुहोस