आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जगरनाथपुर गा.पा.–१ पिडारीगुठीमा राहत वितरणका क्रममा स्थानीय र प्रहरी बिच झडप

AuthorAP Khabar२०७७ बैशाख २२, सोमबार (३ साल अघि) ३८० पाठक संख्या

दिपक चौरसिया÷
पर्सा २२ बैशाख
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठीमा राहत वितरणका क्रममा आज स्थानीय र प्रहरी बिच झडप भएको छ ।
झडपका क्रममा प्रहरीले गरेको लाठी चार्जबाट स्थानिय ९ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मनोज साह, जयनारायण महत्तो, कृष्णा चौबे, सोनालाल पटेल, सुनिल पटेल, ललन चौबे, विन्ध्यांचल मुखीया, विनोदसाह तेली र मनोज महत्तो रहेका छन् । घाइते मध्ये मनोज साहको हात भाच्चिएको र उनको सेढवा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अरु ८ जनाको पिडारीगुठीको स्वास्थय चौकीमा उपचार भइरहेकोे स्थानियबासीले जनाएका छन् ।
वडाध्यक्ष मगरुराउत गद्धीले फारममा भर्पाइ गरिएको भन्दा कम राहत वितरण गरेको भन्दै स्थानीयले बिरोध गरेपछि झडपको स्थिति भएको हो । विवाद बढेपछि वडाध्यक्ष गद्धीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।

राहत वितरणका लागि वडा कार्यालयले प्रति परिवार चामल २५ केजी, आलु ५ केजी, दाल २ केजी, खाने तेल २ लिटर, प्याज २ केजी, सोयाबीन १ केजी र साबुन ४ थान वितरण गरिने भर्पाइमा उल्लेख गरेकोमा वितरण गर्दा चामल २५ केजी, आलु २ किलो र प्याज आधाकिलो मात्रै बाड्न थालेपछि स्थानीयले विरोध गरेका थिए ।

वडाध्यक्ष गद्धीले गाउँपालिकाले पठाएको राहतमा दाल नरहेको र अरु सबै सामान वितरण गरेको दावी गरेका छन । उनले केहि व्यक्तिले हुलदंगा गर्न खोजेपछि सुरक्षाकर्मीलाई बोलाएको बताए । विपक्षी दलका नेताहरुले राजनीतीक पुर्वाग्रह राखेर आफुलाइ बदनाम गराउन खोजेको उहाँको आरोप रहेको छ । हुलदंगा भएपछि राहत वितरण कार्य स्थगीत गरिएको वडाध्यक्ष गद्धीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस