आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलपुर्वक हत्याईएको भूमिमा कुनै परिवर्तन नगर्न पाकिस्तानलाई भारतको कडा चेतावनी

AuthorAP Khabar२०७७ बैशाख २२, सोमबार (३ साल अघि) ३११ पाठक संख्या

बैशाख २२ एजेन्सीभारतले पाकिस्तान अधिकृत गिलगित–बालतिस्तानमा चुनाव गराउने फैसेलाको कड़ा विरोध गरेको छ।

केही दिन अघि पाकिस्तानको सर्वोच्च अदालतले गिलगित–बालतिस्तानमा आम चुनाव गराउनको निम्ति त्यहाँको केन्द्रिय कानूनमा आवश्यक संशोधन गर्न आदेश दिएको थियो।

यसमा कड़ा प्रतिक्रिया व्यक्त गर्दै भारतले भनेको छ कि गिलगित– बालतिस्तान भारतको अभिन्न हिस्सा हो र पाकिस्तानले यसलाई खाली गर्नुपर्छ।

भारतीय बिदेश मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै भनेको छ कि अवैध रूपमा बलपूर्वक हथ्याइएको भारतको भूमिमाथि पाकिस्तान र त्यहाँको न्यायपालिकाको कुनै अधिकार छैन। यस्तो कुनै प्रकारको कारबाही जसबाट पाकिस्तान अधिकृत हिस्सामा कुनै पनि परिवर्तन आउँछ, भारतले त्यसलाई पूर्ण रूपले अस्विकार गर्दछ।

पाकिस्तानले गत सात दशकमा अधिकृत भूमिमा भईरहेको उल्लङ्घन र त्यहाँका मानिसहरूको स्वतन्त्रतामा भईरहेको हननलाई छदम चुनाव गरेर नलुक्ने भारतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस