आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा कोरोना पुष्टि, उपकरणको अभाव र स्थानियमा त्रास

AuthorAP Khabar२०७७ बैशाख २३, मंगलबार (३ साल अघि) २६१ पाठक संख्या

एपी खबर
जीतपुर : एकै दिन दुई ब्यक्तिामा कोरोनाको पुष्टि भएको बारा जील्लामा कोरोना संक्रमण (कोभिड १९) को चेकजाँच गर्ने कुनै यन्त्र नभएपछि यहाँका स्थानिय निकायहरु चिन्तीत भएका छन् । जील्लामा कोरोना संक्रमित भेटिएसंगै यसको संख्यामा बृद्धि भए नभएको बारे चेकजाँच गर्ने जील्लामा कुनै उपकरण नभएपछि यहाँका स्थानिय निकाय चिन्तीत भएका हुन् ।

बारामा कोरोना जाँच गर्ने उपकरणको कमि पहिलै देखि रहेको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । केन्द्र र प्रदेश सरकारले उपकरण उपलब्ध गराउन नसक्दा लकडाउनको समयमा जील्ला बाहिरबाट आएकाको समेत चेकजाँच गर्न नसकेको स्वास्थ्य कार्यालय बाराका प्रमुख राजकिशेर पण्डीतले जानकारी दिनुभयो । बारामा केहि दिन अगाडी दुई जनालाई कोरोना पुष्टी भएपनि थप परीक्षणको दायरा बढाउन आवश्यक रहेको उहाँको भनाई छ तर उपकरणको अभावका कारण त्यो कार्य शुरु हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

बारामा अहिले १९६ जना क्वारेन्टाइनमा छन रहेको छन, उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा रहेर नियमित चेकजाच गरिनु पर्ने भएता पनि उपकरणका कमिले संक्रमणको पहिलो अवस्था समेत पता लगाउन नसकेको स्वास्थ्य कार्यालय बाराका प्रमुख पण्डीतले जानकारी दिनुभयो । उहाँले पहल अगाडी बढाएको र केहि दिनमा भित्र साम्मग्री उपल्वध गराई स्वाश्स्य परिक्षण गरिने जानकारी समेत दिनुभयो ।

यता, स्थानिए निकायले अहिले आ आफ्ने प्रबेश नाकामा समेत कडाई गरेका छन् । बाराको निजगढ नगरपालिका, जीतपुर—सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका लगायत अन्य पालिकाहरुले पनि आफ्नो क्षेत्रको प्रवेश गर्ने सवारी साधनहरुलाई डिसईन्फेक्शन स्प्रे गर्ने गरेका छन् भने, अतिआवश्यक काम बाहेक लागि निस्किएका गाडी र मानिसहरुलाई लकडाउनको पालना गरि सुरक्षितसंग घरैमै बस्न आग्रह गरि रहेको निजगढ नगरपालिकाका प्रबक्ता तथा कोरोना भाईरस महामारी विपद ब्यवस्थापन समिति निजगढका संयोजक नविन खनालले बताउनुभयो ।

१६ वटा स्थानिए तह रहेको यस जील्लामा ४ सय ७० बेडको क्वारेन्टाइन र ४८ वटा आइसोलेसन केन्द्र रहेका छन् तर उपकरणका अभावले उनिहरुमा कोरोनाको संक्रमण भए नभएको चेकजाँचका निम्ती जील्लामा कुनै उपकरण नभए पछि स्थानिए निकायले अहिले आ आफ्ने प्रबेश नाकामा कडाई गरेका हुन । करिब आठ लाख ३० हजार जनसंख्या भएको यस जील्लामा कोरोना संक्रमणको पुष्टिसंगै विभिन्न बस्ती, राजमार्ग समेत सुनसान छ भने, स्थानीयहरु त्रासमा छन् ।

प्रतिक्रिया दिनुहोस