आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्रका एसपी कै निर्देशनमा मलामीमा सहभागी हुन नेपालमा भित्रिए भारतीय

AuthorAP Khabar२०७७ बैशाख २३, मंगलबार (३ साल अघि) ६३५ पाठक संख्या

दिपक चौरसिय
पर्सा  : सरकारले कोरोना भाइरस संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न लागु गरेको लकडाउनको पर्साको सिमावर्ती बजार भिस्वामा सशस्त्र प्रहरीको अगाडी नै उल्लंघन गरीएको छ ।

यस गाउँपालिकाको वडा नम्बर ५ भिस्वाका ७५ वर्षिय मोहर्रम गद्दीको मृत्युपछि सोमवार उनको ‘जनाजा’ (शवयात्रा) मा नेपाल भारत गरी सय बढी मुस्लिम समुदायहरुको सहभागिता रहेको थियो । भिस्वाबजार पछाडी रहेको कब्रिस्तानमा शव लैजाँदै गरेको अवस्थामा सयौं व्यक्तिहरुको सहभागिता भए पनि भिस्वा नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्ने वा सम्झाउने कुनै पहल गरेनन । त्यहाँ मुखर्दशक बनेर रमिता हेरिरहे । प्रहरीले यसमा रोकथाम गर्न चासो नदेखाएपछि स्थानियले जिल्ला प्रशासन कार्यालयमा फोन गरी भेलाबारे जानकारी गराएका थिए ।

त्यस शव यात्रा पश्चात माटो दिने समय भारतबाट करिब ७२ जना मुस्लिम समुदायहरु नेपाल आए तर त्यसलाई रोक्न सिमाको सुरक्षामा खट्ने सशस्त्र प्रहरीबलले कुनै चासो समेत दिएन् । भारतबाट सो नाकाबाट कोरोनाको संक्रमणका कारण लकडाउनको समयमा यसरी भारतीय नेपाल भित्रीनु र सशस्त्र प्रहरीले चासो नदिनुको कारण खोतल्ने क्रममा यसको पछाडी सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको निर्देशन मै यो कार्य भएको स्थानियहरुद्धारा जानकारी आएको छ ।

पछिलो समय पर्सामा कोरोनाको संक्रमित क्रमश भेटिरहेको समयमा यसरी भारतीय ब्यक्ति नेपाल भित्रिनु र प्रहरीको मौनताले यस जील्लामा कोरोनाको संक्रमण बढ्ने र आफुहरु असुरक्षती हुदैँ गएको भिस्वाका स्थानियहरुको भनाई छ ।

पर्सा जिल्लाको ग्रामिण नाकामा पर्ने भिस्वा नाका हुदै दाहसंस्कारका लागि नेपाल प्रवेश गरेका ७२ जना भारतीय मुस्लिम समुदायको जमघट हेरि स्थानीयले प्रमुख जिल्ला अधिकारी लगायत सीमाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरलाइ समेत खबर गरेपनी वास्ता नगरेको आरोप स्थानीयहरूले लगाएका छन ।

यता सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी राजु अर्यालले जिल्ला कमान्डर लगायत कसैले पनि उक्त बिषयमा जानकारी नगराएको बताउनु भएको छ । यस बिषयमा आफू बुझिरहेको र यस्तो तरिकाको कार्य गरेको प्रमाणित भए कारवाही समेत गर्नबाट पछि नहट्ने बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले सीमा सुरक्षा जिम्मेवारीको साथ साथै सीमामा हुने अबैध क्रियाकलापको समेत जिम्मेवारी सशस्त्र प्रहरी बलले लिएको बताउनुभयो । उहाले यस बिषयमा छनबिन गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस