आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाको बिच स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न आवश्यक : नेकपा युवा नेता कुशवाहा

AuthorAP Khabar२०७७ बैशाख २३, मंगलबार (३ साल अघि) ३०९ पाठक संख्या

बारा : विश्व नै कोरोना भाईरसको महामारीमा गुज्रिरहेको अवस्थामा छ । विकसित मुलुकले पनि हाल सम्म भाईरसको औषधी पत्ता लगाउन नसकेको अवस्थामा स्वास्थ्यकर्मी नै एउटा यस्ता व्यक्ति हुन, जसले यस भाइरसबाट बचाईरहेका छन ।

यस विषम परिस्थीतिमा सवैको पहिलो प्राथमिकता स्वास्थ्यकर्मीको सुरक्षा गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका युवा नेता उमेश कुशवाहाले बताएका छन । स्वास्थ्यकर्मी सुरक्षित रहे मात्र हामी सवै यस भाईरसबाट सुरक्षा सुरक्षित हुने उनले बताए ।

युवा नेता कुशवाहाले प्रसौनी गाउपालिकामा स्वस्थ्यकर्मीको लागि अति आवश्यक मेडिकल समाग्री ५० थान सर्जिकल मास्क र ५० थान ग्लबस गाउँपालिका स्वास्थ्य संयोजक सुरेस साहलाई हस्तान्तरण गरेका छन् ।

यस विपदको घडिमा सवैले आआफनो ठाउँबाट सक्दो सहयोग गर्न अपिल समेत गरेका छन । साथै लकडाउनको समय घरमा बसि आफुको साथै आफनो घरपरिवारलाई बचाउन आग्रह गरेका छन

प्रतिक्रिया दिनुहोस