आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यार्थी र प्रहरीबिच झडप, प्रहरीद्वारा लाठी चार्ज

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४७८ पाठक संख्या

वीरगन्ज , पुष ११ : प्रधानाध्यापक सरुवाको विषयलाई लिएर वीरगन्ज महानगरमा जारी विद्यार्थीको आन्दोलन बुधबार बिहानैदेखि उग्र बनेको छ ।बिहानदेखि वीरगन्जको घण्टाघर , आदर्शनगर तथा महानगरपालिका कार्यालय क्षेत्र तनावग्रस्त बनेको हो ।

ठाउँठाउँमा प्रहरी र विद्यार्थीबिच झडप समेत भएको छ । महानगरपालिका कार्यालय घेराउ गर्न जाने क्रममा विद्यार्थी र प्रहरीबिच झडप हुँदा स्थिति तनाव ग्रस्त बनेको हो । प्रहरीले स्थिति नियन्त्रण गर्न आसुरग्यास तथा लाठी  चार्ज गरेको छ। रातो स्कुल ड्रेसमा रहेका विधापिठ माविका विद्यार्थीहरूले प्रधानाध्यापक विनोद मेहताको सरुवा गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका छन् ।

महानगरभित्रका रहेको १९ वटा मावि मध्ये ८ वटा माविका प्रधानाध्यापकहरूको सरुवा महानगरले गरेको छ। महानगरपालिकालाई सरुवा गर्न नमिल्ने बताउँदै सरुवाको विरोधमा विगत चार दिन देखी शिक्षक सङ्गठनहरूले दुई दिन देखी विद्यालय ठप्प गरी आन्दोलनमा रहेका छन् ।

 जनता समाचार

प्रतिक्रिया दिनुहोस