आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई छोरासँगै आमाले पनि विष खाएपछि…

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४६९ पाठक संख्या

धनुषा  , पुष ११ : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-१, सोनमाईमा एक महिलाले आफ्नै दुई छोरालाई विष खुवाएकी छन् । विषका कारण उनको ३ बर्षीय कान्छो छोराको ज्यान गएको छ ।

स्थानीय रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिनादेवी यादवले ५ वर्षीय छोरा रितिक र ३ वर्षीय छोरा रितेशलाई विष खुवाएकी थिइन् । छोरापछि रिना आफैले विष सेवन गरेकी छन् ।

आमालाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरमा र जेठो छोरालाई जनकपुर अञ्चल अस्पतालमा राखेर उपचार भइरहेको छ ।

घरायसी विवादका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस