आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजदेखि संसदको वर्षे अधिवेशन

AuthorAP Khabar२०७७ बैशाख २६, शुक्रबार (३ साल अघि) ३१५ पाठक संख्या

काठमाडौं : संघीय संसदको वर्षे अधिवेशन आजदेखि शुरु हुँदैछ । त्यसको लागि दिउँसो ४ बजे संसद बस्दैछ । संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश पेश गर्नुहुनेछ ।

गृहमन्त्री रामबहादुर थापाले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा।शिवमाया तुम्वाहाङफेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जनाउने अध्यादेश पेश गर्ने कार्यसूची छ ।

बैठकमा राष्ट्रियसभाबाट काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण र पारमाणविक विधेयक प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस