आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना परीक्षण पुल टेष्टिङबाट गर्ने निर्णय

AuthorAP Khabar२०७७ बैशाख २६, शुक्रबार (३ साल अघि) ३३५ पाठक संख्या

काठमाडौं  : सरकारले पुल टेष्टिङबाट कोरोना भाइरस ९कोभिड–१९० परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार क्वारेन्टाइनमा बसेका र कम जोखिममा रहेकाहरुको पुल टेष्टिङ गर्ने निर्णय भएको छ । ‘यसो गर्दा थोरै रिएजेन्टले धेरै संख्यामा परीक्षण गर्न सकिन्छ’ उनले भने ।

के हो पुल टेष्टिङ ?

कोरोना संक्रमण भए नभएको पत्ता लगाउन हाल पीसीआर विधिको टेस्ट व्यक्तिगत रुपमा हुँदै आएको छ । तर पुल टेष्टिङमा एकभन्दा बढी मानिसमा कोरोना संक्रमण भए नभएको परीक्षण एकैपटक गर्न सकिन्छ । यसका लागि परीक्षणमा सहभागी गराइने समूहमा रहेका सबै मानिसको नाक र घाँटीको स्वाब जम्मा गरिन्छ र पीसीआर विधिबाट परीक्षण गरिन्छ । रिपोर्ट नेगेटिभ आयो भने सबै मानिसमा संक्रमण छैन भन्ने बुझिन्छ । तर पोजेटिभ आयो भने सबैको पहिला संकलन गरिएको स्वाबबाट फेरि व्यक्तिगत परीक्षण गर्नुपर्ने हुन्छ ।

पीसीआर टेष्ट गर्ने किटको अभाव हुन थालेपछि अर्नहार्ड सेइफ्राइडको नेतृत्वमा जर्मनीको रेड क्रस ब्लड डोनर सर्भिस र युनिभर्सिटी हस्पिटलको इन्स्टिच्युट फर मेडिकल भाइरोलोजीका अनुसन्धानकर्ताले कोरोना परीक्षणमा पुल टेष्टिङ विधिबारे अध्ययन गरेका थिए ।

अनुसन्धानका क्रममा पुल टेष्टका लागि संकलन गरिएको स्वाबलाई एक रिभर्ज टेस्ट ट्युबमा राखिएको थियो । त्यसपछि संकलित नमुनाहरुलाई पुल कन्टेनरमा राखियो । यसका लागि पुल कन्टेनरको आकार बढाउनु पर्दैन । साथै अन्य कुनै किसिमको परिवर्तन पनि आवश्यक हुँदैन, त्यसैले परीक्षणको संवेदनशीलतामा कुनै कमी आएन ।

यसरी गरिएको परीक्षणको नतिजा प्रत्येक मानिसको छुट्टाछुट्टै परीक्षण गर्दा देखिएको नतिजासँग मेल खायो । हेल्थकेयर इन युरोप डटकमका अनुसार जर्मनीमा यो विधिको प्रयोग गरी दैनिक चार लाखसम्म मानिसमा कोरोना परीक्षण गरिएको थियो ।

साभार अनलाईन खबर

प्रतिक्रिया दिनुहोस