आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौं उपत्यकामा लकडाउनयता भएको सवारी दुर्घटनामा आठको मृत्यु

AuthorAP Khabar२०७७ बैशाख २८, आईतबार (३ साल अघि) ३७० पाठक संख्या

बैशाख २८ काठमाडौं : काठमाडौं उपत्यकाका सडकमा लकडाउनयता भएको सवारी दुर्घटना परी आठजनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश मोटरसाइकल चालक छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै सवारी पास लिएर चलाइएका हुन् ।

सुनसान सडकमा गति अत्यधिक हुँदा दुर्घटनामा परेको महाशाखाको बुझाइ छ । लकडाउनयता उपत्यकाभित्र दुई सय १२ सवारी दुर्घटना भएको महाशाखाको तथ्यांक छ । यसक्रममा सातजना गम्भीर र एक सय ३९ सामान्य घाइते भएका छन् ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले खुला सडक हुँदा सवारीसाधनको गति अत्यधिक हुने र नियन्त्रणमा नआउँदा दुर्घटना हुने बताए । केहीले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाइएको भेटिएको छ । महाशाखाको तथ्यांकअनुसार मापसे गरी चलाइएका २३ सवारी नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस