आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

AuthorAP Khabar२०७७ बैशाख २९, सोमबार (३ साल अघि) ३५९ पाठक संख्या

बैशाख २९ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

कोरोनाभाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिँदै सेवा सुचारु गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

यसअघि सरकारले कोरोनाको महामारी बढेपछि देशभरका स्वास्थ्य संख्यामा ओपीडी सेवा बन्द गराएको थियो । सरकारको पछिल्लो निर्देशनपछि सर्वसधारणले अति आवश्यक स्वास्थ्य सेवा पाउने भएका छन् ।

स्वास्थ्य आपत्तकालिन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले अस्पतालमाओपीडी सेवा सुचारु गर्दा अस्पतालले कोरोनाको जोखिमलाई ध्यान दिनुपर्ने बताएका छन् ।

सरकारले तोकेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका सावधानीका मापडण्ड पालना गरी अस्पतालहरुलाई ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरिएको हो ।

प्रतिक्रिया दिनुहोस