आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा कोरोना सन्क्रमितको संख्या २१९ पुग्यो

AuthorAP Khabar२०७७ बैशाख ३१, बुधबार (३ साल अघि) ३८२ पाठक संख्या

बैशाख ३१ धनुषा धनुषामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय १९ पुगेको छ । जिल्लाको मिथिला नगरपालिकाका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।

हिजो मात्र जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस