आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘कर्मचारी समायोजन विधेयक पुनर्विचार हुन्न’

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४८९ पाठक संख्या

काठमाडौं  , पुष ११ :  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ माथि पुनर्विचार गर्न नसकिने बताउनु भएको छ ।

‘विधेयक कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनहरुसँग छलफल गरेर ल्याइएको हो’ उहाँले भन्नुभयो, ‘त्यसकारण यसलाई कार्यान्वयन गर्नुपर्छ । अध्यादेश अनुमोदन गर्ने निकाय कर्मचारीहरुले विरोध गर्नु ठिक होइन ।’

मन्त्री पण्डितले सरकारले संघीय संसदको हिउँदे अधिवेशन शुरु भएलगत्तै संघीय निजामती सेवा ऐन पेश गर्ने जानकारी गराउनु भयो । ‘त्यो पारित भएपछि अरु अध्योदश पनि आउँछ’ उहाँले भन्नुभयो, संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक संघीय प्रादेशिक सेवा ऐन, प्रादेशिक निजामती सेवा ऐन र स्थानीय सेवा ऐन पनि ड्राफ्टको रुपमा संघीय संसदमा पेश गर्ने तयारी भइरहेको छ ।’

मन्त्री पण्डितले स्थानीय र प्रदेश तहको विकास, निर्माण र सेवा प्रवाहमा अवरोध आउन नदिन कर्मचारी समायोजन अध्यादेश ल्याउनु परेको उल्लेख गर्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस