आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटका नयाँ कोरोना संक्रमित भारतबाट आएका थिए

AuthorAP Khabar२०७७ जेष्ठ ४, आईतबार (३ साल अघि) ३६५ पाठक संख्या

जेष्ठ ०४ रौतहत : रौतहटमा आइतबार बिहान पहिचान भएका नयाँ कोरोना संक्रमित भारतबाट आएको खुलेको छ ।

राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आज बिहान कोरोना पुष्टि भएको थियो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार आज देखिएका नयाँ कोरोन संक्रमित व्यक्तिहरु केही दिनअघि मात्रै भारतको मुम्बई, गुजरातलगायतका ठाउँबाट आएका हुन् ।

प्रजिअ घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो ।

संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ ।

उनीहरुलाई सीधै क्वारेन्टाइनमा लिइएकोले परिवार र समुदायमा संक्रमणको खतरा नरहेको तर पनि सावधानी अपनाइने प्रजिअ घिमिरले बताए ।

योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस