आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो

AuthorAP Khabar२०७७ जेष्ठ ४, आईतबार (३ साल अघि) ४५६ पाठक संख्या

जेष्ठ ०४ काठमाडौं

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनको कोरोनाबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए।

भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो । योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस