आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘चीनको बन्दरगाहा पनि उपयोग गर्छौ’

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४१० पाठक संख्या

काठमाडौं  , पुष ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनु भएको छ ।

‘संविधानको सवालमा आशंका गर्नुपर्दैन’ बुधबारदेखि शुरु भएको संसदको हिउँदे अधिवेशनमा अध्यक्ष दाहालले बन्नुभयो, ‘आफ्नै मौलिकतामा शान्ति प्रक्रियाको विकास नयाँ संरचना भएकाले थुप्रै ऐन पहिलो प्राथमिकता संविधानको मर्म र भावना अनुसार नै ऐन बनाइने ।
यो पटकको संविधन निर्माण, निवार्चन २००७ सालको लोकताीन्त्र आन्दोलनको उत्कर्ष विगत भन्दा भिन्न ढंगबाट लोकतन्त्र संस्थागत गर्ने प्रक्रियामा छौं सामान्य अवस्थाको संविधान र त्यसअन्र्तगतका ऐन परिमार्जन गर्ने प्रक्रिया होइन ।मुलुकमा नयाँ राजनीतिक प्रणाली स्थापित गर्ने प्रक्रियामा सामान्य रुपमा लिनु हुन्न ।’

पूर्वप्रधानमन्त्री दाहालले ऐन समयमै संसदबाट पारित गरिने उल्लेख गर्नुभयो । ‘महत्वपूर्ण कार्यभार अघि बढ्यो’ उहाँले भन्नुभयो, ‘ऐन निर्माण र संसोधनमा समझदारी आवश्यक तीनै तहका सरकारले जनभावना अनुसार काम गर्छ । कर्मचारी समायोजन र आवश्यक ऐन निर्माण तीब्र पारिनेछ ।’

नेता दाहालले मुलुकमा नयाँ शक्ति केन्द्र बन्ने लक्षण देखिएकोबताउनु भयो । ‘छिमेकीको गतिविधि नियाल्दै  अन्तर्राष्ट्रिय राजनीतिक प्रक्रियाबाट लाभ लिनुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो, ‘छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नु आवश्यक छ ।’

अध्यक्ष दाहालले प्रधानमन्त्रीको भारत र चीन भ्रमण उपलब्धीमुलक भएको दाबी गर्नुभयो । ‘दुबै छिमेकीको भ्रमणले सकारात्मक परिदृश्य खडा गरेको छ’ उहाँले भन्नुभयो, ‘भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।  स्थायी सरकार बनेपछि भारतसँगका विगतमा भएका संझोता र सहमति कार्यान्वयन हुने वातावरण बनेको छ । त्यस्तै चीनसँगको सम्बन्ध पनि सुमधुर भएको छ । अब भारतसँग मात्र होइन , चीनको बन्दरगाहा पनि उपयोग गर्छौ ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस