आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युनियन बर्लीनलाई पराजित गर्दै लिग लिडर वायर्नको सहज जित

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (३ साल अघि) ५०१ पाठक संख्या

जेष्ठ ०५ एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले सहज जित निकालेको छ । कोरोना भाईरसको महामारीबीच सुचारु खेलमा लिग लिडर वायर्नले युनियन बर्लीनलाई २-० गोल अन्तरले हराएको हो ।

बर्लीनको मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक एक गोल गरे । वायर्नको २६ खेलबाट ५८ अंक रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक रहेको छ ।

पराजित बर्लीन ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ । यस्तै लिग अन्तर्गत अर्को खेलमा मैन्ज र क्लोनले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिक्रिया दिनुहोस