आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३ सय ४

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (३ साल अघि) ४१४ पाठक संख्या

जेष्ठ ०५ काठमाडौं नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ हो ।

रौतहट इशनाथ नगरपालिका २,३,६ र ९ नम्बर वडाका २१, २१, २३, २५,२५, २९ र ३० वर्षका पुरुषहरु र सोही जिल्लाको माधवनारायण नगरपालिका ३ का वर्षिय महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै बारा करैयामाई ५ निवासी ३८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनीहरूको स्वाथ्य अवस्था सामान्य रहेको र स्वाथ्यकर्मीको निगरानीमा रहको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस