आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

Breaking : नेपालमा एकैपटक थप ४७ जना कोरोना संक्रमित भेटिए

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (३ साल अघि) ३६८ पाठक संख्या

जेष्ठ ०५ काठमाडौं

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३ सय ५१ पुगेको छ । सोमबार एकैदिन बाँकेमा थप ४७ जनामा कोरोना भाइरस भाईरसको संक्रमण पुष्टि भएपछि संक्रमितको सङ्ख्या ३ सय ५१ पुगेको हो  ।

भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप  ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ । तर यसको स्वास्थ्य मन्त्रालयले भने औपचारिक रुपमा पुष्टि गरेको छैन ।

स्रोतका अनुसार यसको औपचारिक पुष्टि केहिबेरमा हुने मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा गर्ने तयारी छ । अहिले पनि नेपालगंजका थप शंकाष्पदको परिक्षण भइरहेकाले संक्रमितको सङ्ख्या थपिने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस