आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कटहरिया नपा २ का वडाध्यक्ष साहले गरे दोस्रो चरणको राहत वितरण

AuthorAP Khabar२०७७ जेष्ठ ५, सोमबार (३ साल अघि) ४९६ पाठक संख्या

जेष्ठ ५ रौतहट ।
रौतहटको कटहरिया नगरपालिका वडा न. २ मा दोस्रो चरण को राहत वितरण गरिएको हो । वडा न. २ को जमुनिया,हथियाही,छेदिचोक टोलमा गरिब तथा अती विपन्न ६५० परिवार लाई दोस्रो चरणको राहत दिइएको हो ।

पहिलो चरणमा २८० परिवार लाई राहत वितरण गरिएको वडा अध्यक्ष हरिन्द्र साह ले बताउनु भयो । यस अवसरमा कार्यपालिका सदस्य पार्वती देवी,उमेश महतो ,मोतिम मिया ,चिनी लाल दास,चन्द्रकिशोर महतो,रंजित साह,भैरोलाल महतो,प्रहरी चौकी छेदी चौकका असइ पन्ना लाल यादव सहितका व्यतीहरुको रोहबरमा राहत उपलब्ध गराइएको हो ।

राहत स्वरुप २५ किलो चामल,दाल २ किलो,आलु ४ किलो,नुन २ किलो, खाने तेल २ लिटर ,साबुन ४ पिस वितरण गरिएको वडा सचिव रामलाल ठाकुरले बताए । यसै बिच वडाध्यक्ष साहले प्रदेश सरकार बाट उपलब्ध राहत छिटै गरिब विपन्न परिवार लाइ राहत उपलब्ध गराइने वडाका सहायक सचिव श्याम चौधरीले जानकारी गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस