आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रणवीरसँग कट्रिनाले गरेको यस्तो गल्ती, जुन आलिया गर्न चाहन्नन्

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४८८ पाठक संख्या

पुष ११ :नायिका आलिया भट्ट र नायक रणवीर कपुर प्रेमको चर्चाले यो बर्ष चर्चित बने । नायिका कट्रिना कैफसँग ब्रेकअप भएपछि नायिका आलिया भट्टसँग जोडिन पुगेका रणवीर खुशी छन् । तर, रणवीरसँग प्रेममा रमाएपनि नायिका आलिया भट्ट भने त्यो गल्ती गर्न चाहन्नन्, जुन कट्रिना कैफले गरेकी थिइन् ।

नायिका कट्रिना कैफले रणवीरसँग प्रेममा रमाउँदा आफ्नो करिअरलाई नै विर्सिएकी थिइन् । जसलेगर्दा, आज रणवीरसँगको ब्रेकअपपछि करिअरको सोही बाटोमा फर्किन कट्रिनालाई मुश्किल परिरहेको छ । नायिका आलिया भट्ट रणवीरसँग धेरै भन्दा धेरै समय बिताउन चाहन्छिन् ।

तर, आफ्नो करिअरलाई पनि असर नपरोस् भन्नेमा उनी सजग छिन् । यो बर्ष चलचित्र ‘राजी’बाट चर्चामा आएकी आलियाको नयाँ बर्षमा प्रोजेक्टको अभाव छैन । उनी, यतिबेला आफ्ना प्रेमी रणवीरसँग चलचित्र ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन् । यसपछि उनले चलचित्र ‘कलंक, तक्त, गुल्ली ब्वाई’मा काम गर्दैछिन् ।

आलियाले आफ्नो कामका कारण प्रेममा असर नपरोस् भन्ने कुरामा पनि आफू सजग भएको भारतीय मिडियालाई बताएकी छिन् । साथमा, प्रेमै कारण करिअरमा असर नपरोस् भनेर पनि उनी सजग छिन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस