आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा पालिकाको लगानीमा आमा समुहले उत्पादन गरे तराकारी

AuthorAP Khabar२०७७ जेष्ठ ९, शुक्रबार (३ साल अघि) ५०१ पाठक संख्या

एपी खबर
जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का आमा समुहले उतपादन गरेको तरकारी आफैले उपभोग गर्न थालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत प्रत्येक वडालाई बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत दिईने सहयोगबाट यहाँका महिलाहरुले तरकारी खेतीगरी उपभोग गर्न थालेका हुन् ।

नगरपालिकाले आफ्नो २४ ओेटै वडामा एक हजार दिनका आमाहरुलाई बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सहयोग गर्दै आएको छ । यहि सहयोगको सदुपयोग गर्दै नगौलका करिब ६० जना आमा समुहले करिब एक बिगहा खेतमा तरकारी खेती गरेका जीतपुरसिमरा उपमहानगरपालिका पोषण कार्यक्रमका सम्पर्क ब्यक्ति हरिकिशोर साहले जानकारी दिनुभयो ।

चैत्र महिनादेखि लकडाउनको सदुपयोग गर्दै शुरु गरीएको यस तरकारी खेतीबाट उत्पादन भएसंगै पहिलो पल्ट नगरपालिकाको उउपस्थितीमा समुहमा आबद्ध महिलाहरुलाई तरकारी बिरतण गरीएको साहले जानकारी दिनुभयो । यस समुहले भिन्डी, लौका,र बोडीको खेती गरेका छन् ।

समुहमा आबद्ध महिलाहरु लाई तरकारी दिने समयमा वडा स्तरिय पोषण समितिका सदस्यहरु क्बिता चौधरी, प्रतिमा पौडेल, बुद्धि कुमारी र बबिता माझी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस