आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सबै जना भारतबाट मजदुरी गरी आएका व्यक्ति

AuthorAP Khabar२०७७ जेष्ठ ९, शुक्रबार (३ साल अघि) २७४ पाठक संख्या

जीतपुर : बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रजिअ पण्डितका अनुसार संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।

गत जेठ ७ गते उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौंडाले पनि उनीहरुको रिपोर्ट कन्फर्म गर्नका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।

प्रजिअ पण्डितले काठमाडौंबाट आफूलाई उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी आएको बताए । उनीहरुलाई क्वारेन्टाइनबाट कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ ।

संक्रमित सबै जना भारतबाट मजदुरी गरी आएका व्यक्तिहरु हुन् ।

प्रतिक्रिया दिनुहोस