आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बक्स अफिसमा कथा चल्यो, खान चलेनन्

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४८४ पाठक संख्या

 पुष ११ : सन् २०१८ बलिउडका लागि सुखद देखिएको छ । तर, बलिउडका लागि सुखद देखिएको यो बर्ष विगत २५ बर्षदेखि राज गरेर बसेका ३ खानका लागि भने दुखद बन्न पुग्यो । बक्स अफिसमा कथावस्तुले राज गर्दा खानहरुको राज कमजोर बनेको विश्लेषण गरिएको छ । यसले, अब जतिसुकै महंगो बजेटमा चलचित्र बनाएतापनि कथावस्तु दर्शकलाई मनपर्ने रोजिएन भने चल्दैन भन्ने पुष्टी भएको छ ।

बलिउडले केहि बर्षयता कथालाई स्विकार गर्दा स्टारहरु पर्दा बाहिर मात्र शक्तिशाली देखिएका छन् । यो बर्ष आयुष्मान खुराना सुपरहिट हुँदा साहरुख खान, सलमान खान र आमिर खान नराम्रोसँग पछारिएका छन् । यो बर्ष बलिउडमा महंगो बजेटमा बनेका ३ खानको चलचित्र असफल बनेको छ ।

१. सलमान खानः बलिउड नायक सलमान खानले यो बर्षको इदको अवसरमा आफू अभिनित चलचित्र ‘रेश ३’ रिलिज गरे । इदको बिदामा पनि यो चलचित्रले कमाल गर्न सकेन । सलमानलाई हेर्न दर्शक उर्लिएर आएनन् । बरु, उनको यो चलचित्रले चर्को आलोचना भोग्यो । जसलेगर्दा, निर्माताले लगाएको पैसा डुब्यो ।

सलमान खानको गतबर्षको इदमा पनि ‘ट्यूबलाइट’ डुबेको थियो । सलमान खानले लगातार २ वटा इदमा खराब व्यापार गर्दा उनको स्टारडम कमजोर बनेको आँकलन गरिएको छ ।

२. आमिर खानः यो बर्ष निकै नै महंगो बजेटमा बनेको नायक आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा चलेन । ३ सय करोडमा बनेको यो चलचित्रले बक्स अफिसमा डेढ सय करोड पनि कमाएन । चलचित्र बक्स अफिसमा असफल भएपछि आमिरको यसअगाडि स्टारडम भन्दा पनि बिषयवस्तु चलेको विश्लेषण गरियो । आमिरले पनि तिहारको लामो बिदामा कुनै फाइदा लिन सकेनन् ।

आमिर खान चलचित्र असफल भएपछि गम्भिर बनेका छन् । उनले अब नयाँ चलचित्र ‘महाभारत’ बनाउने तयारी थालेका छन् ।

३. साहरुख खान : नायक साहरुख खानका लागि विगत केहि बर्षदेखि बक्स अफिसमा धक्का लागिरहेको छ । यो बर्ष पनि उनलाई करिब डेढ बर्षदेखि पर्खिएका दर्शक निराश भए । कारण, उनी अभिनित महत्वकांक्षी चलचित्र ‘जीरो’ले बक्स अफिसमा खासै कमाल गर्न सकिरहेको छैन । २ सय करोडमा निर्माण भएको यो चलचित्रले बक्स अफिसमा लगानी उठाउन सक्ने संभावना छैन । यसैले, साहरुखको यो चलचित्र पनि असफल हुँदा उनको स्टारडम पनि कमजोर बनेको देखिएको छ ।

यो बर्षको मुख्य विदा मानिएका इद, तिहार र क्रिसमस ३ खानले बुक गरेतापनि उनीहरु सफल हुन सकेनन् । बरु, कुनै बिदा विना नै रिलिज भएका चलचित्रले बक्स अफिसमा धमाल मच्चाएका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस