आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा थप ३५ जनामा कोरोना पुष्टि गौरमा ८ जना संक्रमित

AuthorAP Khabar२०७७ जेष्ठ १४, बुधबार (३ साल अघि) ४२१ पाठक संख्या

अमित ठाकुर।रौतहट।जेष्ठ १४।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो। रौतहटको अल्गै पाँचवटा क्वारेन्टाइनबाट थप ३५ जनामा कोरोना पुष्टि भएको हो।

रौतहटको ईशनाथ नगरपालिका, गौर नगरपालिका,कटहरीया नगरपालिका, देवाही गोनाही नगरपालिका र गढीमाई नगरपालिकामा नयाँ संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको हो। संक्रमित सबै भारतबाट अाएको हो।

प्रदेश नंबर २ का जिल्लाहरुमा संक्रमितको संख्यामा स्थिर्ता ल्याएता पनि सयौंको संख्या नेपाली कामदारहरु भारतबाट अा-अाफ्नो घर अाउँदा रौतहटमा यश हप्ता संक्रमितको संख्या बढ्दै गएका छन्।

टेकु प्रयोगशाला काठमाडौंबाट संक्रमित सबैको स्वाब रिपोर्ट पोजेटिभ अाएको हो। रौतहटको देवाही गोनाही नगरपालिकामा २ जना,गौर नगरपालिकामा ८ जना,ईशनाथ नगरपालिकामा १६ जना, कटहरीया नगरपालिकामा २ जना र गढीमाई नगरपालिकामा ७ जना नयाँ संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको हो।

भने जिल्ला प्रशासनको तथ्यांक अनुसार रौतहटमा संक्रमितको संख्या १०५ पुगेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जनाएको हो । भने गौर नगरपालिकामा दुई दिनमा १५ जना संक्रमित फेला परेको प्र.जि.अ घिमिरे जनाएको हो।

प्रतिक्रिया दिनुहोस