आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गणतन्त्र दिवसको अवसरमा २ सय ३३ कैदीबन्दी रिहा

AuthorAP Khabar२०७७ जेष्ठ १५, बिहिबार (३ साल अघि) ५०७ पाठक संख्या

काठमाडौं : मुलुकको विभिन्न कारागारबाट बिहीबार २ सय ३३ कैदीबन्दी रिहा भएका छन् । विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका मध्ये आचरण सुधारेका केही कैदीबन्दीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा रिहा गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको हो । नेपालको संविधान धारा २७६, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ तथा फौजदारी कसूर ९कैद कट्टा० नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका ८ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी दिइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ।

 

 

 

 

साभार जनता समाचार

प्रतिक्रिया दिनुहोस