आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको सचिवालय बैठकमा दुई मन्त्रीसहित भीम रावल पनि सहभागी

AuthorAP Khabar२०७७ जेष्ठ १७, शनिबार (३ साल अघि) ४१० पाठक संख्या

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको शनिबार बिहान बोलाइएको सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा।युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि सहभागी भएका छन् ।

आर्थिक बर्ष २०७७–०७८ को बजेटमा एमसीसीको बिषय घुसाइएपछि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग अपात्ति जनाएपछि आकस्मिक रुपमा सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल केन्द्रीत रहेको छ । गत केन्द्रीय समिति बैठकमा नेकपाभित्र एमसीसीबारे चर्को विरोध भएपछि एमसीसीबारे अध्यन गर्न कार्यदल गठन भएको थियो ।

सो कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो ।

 

 

साभार जनता समाचार

प्रतिक्रिया दिनुहोस