आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा डब्ल्यूएचओसँग सम्बन्ध तोडेको घोषणा

AuthorAP Khabar२०७७ जेष्ठ १७, शनिबार (३ साल अघि) २६७ पाठक संख्या

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न असफल भएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगको सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

अमेरिकाले यस अघि नै डब्ल्यूएचओले कोरोना भाइरस संक्रमण रोकथाम गर्न नसकेको भन्दै डब्ल्यूएचओलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गराएका थियो । योसँगै अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थ ९डब्लुपिएच० मा लगाउने भएको छ । ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप दोहोर्याउँदै भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ ।’

प्रतिक्रिया दिनुहोस