आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओलीलाई बाबुरामको प्रश्न संविधान संशोधन गर्न कस्ले रोकेको छ ?

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (५ साल अघि) ४१४ पाठक संख्या

काठमाडौं  , पुष ११ : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ ।

‘संविधान संशोधन गरेर सबैलाई समेट्नु पर्ने अवस्था छ’ नेता भट्टराईले बुधबार संसदको हिउँदे अधिवेशनमा भन्नुभयो, ‘सरकारले चाहने हो भने संविधान तुरन्तै संशोधन हुन्छ । तर सरकारले संविधान संशोधन गर्न चाहेकै छैन । सरकारलाई संविधान संशोधन गर्न कस्ले रोकेको छ ?’

पूर्वप्रधानमन्त्री भट्टराईले बहुमतको सरकार बन्दैमा देशबासी सुखी नहुने उल्लेख गर्नुभयो । ‘जनताको लागि दुई तिहाई सरकार बन्नु, बहुमतको सरकार बन्न र स्थिर सरकार बन्नु खुशीको कुरा होइन’ उहाँले भन्नुभयो, ‘बहुमत र स्थिर सरकार बन्दैमा मुलुकमा विकास हुने, परिवर्तन हुने पनि होइन । सरकारले जनताको भावना बुझेको छ कि छैन, जनचाहना अनुसार चलेको छ कि छैन ? त्यो महत्वपूर्ण पक्ष हो ।’

नेता भट्टराईले द्वन्द्वका बेला राज्य र विद्रोही दुबै पक्षबाट बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्नुपर्ने उल्लेख गर्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस