आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठक समपन्न, प्रहरी विरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक

AuthorAP Khabar२०७७ जेष्ठ १९, सोमबार (३ साल अघि) ३३४ पाठक संख्या

जेष्ठ १९ पर्सा : नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति बैठक समपन्न भएको छ ।

महासंघको सभाहलमा बसेको बैठकले सञ्चारकर्मी तिवारी यादव माथी भएको दुव्यवहारको घटनामा दोषी प्रहरीलाई कार्वाही नगरेकाले थप आन्दोलनको कार्यक्रम तय गरेको छ ।

बैठकले विरोधको कार्यक्रम सार्वजनिक गर्दै एक साता सम्म प्रहरी विरुद्ध आ–आफ्नो सञ्चारसंस्थाबाट विरोधका नारा सहितको प्लेकार्ड राखी प्रदर्शन गर्ने जसमा जेष्ठ २० र २१ गते ‘पत्रकारसंग दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गर’ २२ र २३ गते ‘लक डाउनको नाममा प्रहरी दमन बन्द गर’ २४ र २५ गते ‘प्रहरी मेरो साथी नारामा मात्र हैन् व्यवहारमा पनी लागु गर’ त्यसैगरी २६ गते आ–आफ्नो हातमा कालोपट्टी बाधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यसैगरी महासंघले प्रहरीको ज्यादतीले विभिन्न पेशाकर्मी संघ संगठन समेत पिडित बनेकाले प्रहरीको अलोकतान्त्रिक कृयाकलाप निरुतसाहित गर्न छलफल तथा खबरदारी गर्ने निर्णय गरेको हो ।

लकडाउनको असहज परिस्थितिमा समस्यामा परेका सदस्यहरुलाई राहत समाग्रि समेत उपलब्ध गराउने र सञ्चारकर्मीहरुको विमा अन्तिम चरणमा पुगेको विषयमा समेत निर्णय गरिएको जनाएको छ ।

महासंघका कार्यबाहक अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको बैठकमा सह-सचिव आरके पटेल, निलिमा पौडेल, कोषाध्यक्ष भुषण यादव, सदस्यहरु संजिव मिश्रा, सुष्मा शर्मा, जियालाल साह, मनोज पटेल प्रणय साह, अमित अग्रवाल, पुष्पराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस