आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा थप १८ जनामा कोरोना पुष्टि,रौतहटमा २५२ पुग्यो।

AuthorAP Khabar२०७७ जेष्ठ २०, मंगलबार (३ साल अघि) ४८३ पाठक संख्या

अमित ठाकुर।रौतहट।जेष्ठ २०

रौतहटको एउटा पालिकाको क्वारेन्टाइनबाट थप १८ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको राजदेवी नगरपालिकामा थप १८ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य प्रमुख महेश साहले जनाएको हो। रौतहटमा दिनानुदिन संक्रमितको संख्या बढ्दै जाँदा कोरोना चेकजाँचमा ढिलाई भएको क्वारेन्टाइनमा बस्ने १ पुरुषले जनाएको हो।

रौतहटमा गत महिना देखि दर्जनौं संख्यामा नेपाली नागरी भारतबाट अाउँदा संक्रमित बढेको हो ।दिनदिनै भारतबाट नेपाली नागरिकहरु रौतहट प्रवेश गरि रहदा रौतहटमा अझ संक्रमित बढ्ने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको हो।

तर चेकजाँचमा कमी अाएको देखिएको हो। रौतहटमा संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा नेपालमै रौतहट दोस्रो स्थानमा पुगेको हो। अाज बिहानै रौतहटको राजदेवी नगरपालिकाको वडा नंबर २,५,६,८,९ वडामा १८ जना नयाँ संक्रमित थपिएको हो।

संक्रमित सबै क्वारेन्टाइनमै रहेको बुझिएको हो। संक्रमित सबैको उमेर अहिले नखुलेको जनस्वास्थ्य प्रमुख साहले जनाएको हो। रौतहटमा संक्रमितको संख्या १८ थपिदा २५२ पुगेको हो।

प्रतिक्रिया दिनुहोस