बाराका ब्यवसायीलाई केहि राहत, आलोपालो गर्दै खुल्ने ब्यवसायीक पसल

समाचार स्थानीय

एपी खबर
जीतपुर  : कोरोना भाईरस (कोभिड १९) का कारण लकडाउन (बन्दाबन्दि) बाट ग्रसित बाराका ब्यवसयाीहरुलाई केहि राहत हुने भएको छ । जील्ला प्रशासन कार्यालय बाराले बुधबारबाट स्थानिय प्रहरी प्रशासनसंगको सहकार्यमा ब्यापार संचालन गर्ने भनि संकेत दिएसंगै यहाँका ब्यवसायीहरुले केहि राहत महसुस गरेका छन् ।

जील्ला प्रशासन कार्यालय बाराले जेष्ठ २० गते जारी गरेको सुचनामा राज्यको नियम भित्र रहेर कलैया बजारका साथै जील्ला भित्रका उद्योग ब्यवसायीहरुलाई आलोपालो गरी ब्यापार संचालन गर्ने भनेपछि यहाँका ब्यवसायीहरु केहि राहत पाउने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साहले जानकारी दिनुभयो ।

कलैया बजारको हकमा आईतवार र मंगलबार बिहान १० बजेदेखि ४ बजे सम्म कपडा, साईकल, मोटरसाईकल, मोटर तथा मोटर्स पार्टस, ईलेक्ट्रिक, रेडिमेट, कस्मेटिक, जुताचपल, सैलुन, यसैगरी सोमबार, बुधवार, शुक्रवार र शनिवार किराना खाद्यान्न, आलु, प्याज, किटानासक, बिउँबिजन र मलखादको पसल खोल्ने र बिहिबार हार्डवेयर, सुनचाँदि, भाडा वर्तन, टेलरिङ्ग, फ्लोरिङ्ग, फरनिचर लगाएतका पसल संचालन गर्न दिने बाराका प्रमुख जील्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

यसैगरी जील्लाकै मुख्य ब्यापारीक नगरीको रुपमा रहेको जीतपुर बजारलाई कुन मोडेलमा खोल्ने भन्ने कुराको छलफल भैरहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्षसाहले जानकारी दिनुभयो । उहाँले यहाँका ब्यवसायीले बिहान ७ बजेदेखि ११ बजेसम्म खाद्यान्न र १२ बजेदखि साझ ५ बजेसम्म अन्य सबै ब्यापार संचालन गर्ने वातावरण गरी सहयोग गर्न ईलाका प्रहरी जीतपुरलाई जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *