आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आमा अप्सरा आचार्य मेमोरियल फाउण्डेशनद्वारा डिम जनता माविमा अक्षयकोष स्थापना

AuthorAP Khabar२०७७ जेष्ठ २१, बुधबार (३ साल अघि) ५५७ पाठक संख्या

सर्लाही जेष्ठ २१, बुधवार ।। आमा अप्सरा आचार्य मेमोरियल फाउण्डेशनले सर्लाहीको एक विद्यालयमा ३ लाखको अक्षयकोष स्थापना गरेको छ ।
फाउण्डेशनका संरक्षक समेत रहनु भएका समाजसेवी सफल युवाव्यवसायी मनोज आचार्यले आफ्नी आमा अप्सरा आचार्यको स्मृतिमा लालबन्दी नगरपालिका वडा नम्बर १६ स्थित डिम जनता माविमा ३ लाखको अक्षयकोष स्थापना गर्नु भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गौतमको अध्यक्षता तथा नेकपा सर्लाहीका ईन्चार्ज डाचाराज वाग्ले, सचिव कमल बुढाथोकी, नेता भरत गौतम, विद्यालय व्यवस्थापन समितिका अन्य पदाधिकारी, शिक्षाप्रेमी समेतको रोहवरमा एक कार्यक्रमको आयोजना गरी समाजसेवी आचार्यले अक्षयकोष स्थापनाको घोषणा गर्नु भएको हो ।

साथै उहाँले विद्यालयको सिकाई वृद्धिमा सहयोग पु¥याउने उदेश्यले २ थान ल्यापटप समेत सहयोग गर्नु भएको विद्यालयले जनाएको छ । विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आउनु भएका समाजसेवी आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सवैले आ–आफ्नो स्थानबाट सकेको सहयोग गर्नु पर्ने दायित्वबोध गर्दै आफुले सो विद्यालयमा अक्षयकोष स्थापना गरेको बताउनु भयो ।
अक्षयकोषबाट प्राप्त व्याज वापतको रकम समाजसेवी आचार्यकै परिवारका सदस्यहरुको रोहवरमा विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाई वृद्धिका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक ध्रुव भण्डारीले जानकारी दिनु भयो ।

अक्षयकोष स्थापना तथा शैक्षिक सामाग्री सहयोग घोषणा कार्यक्रममा बोल्नु हुँदै समाजसेवी आचार्यले परवानीपुर क्षेत्रमा एउटा एम्बुलेन्स समेत सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यहाँ स्थित प्रयास वचत तथा ऋण सहकारी संस्था मार्फत संचालनमा आउने गरी उहाँले सो क्षेत्रको लागि एम्बुलेन्स सहयोग गर्ने घोषणा गर्नु भएको हो ।

घोषणा सभामा बोल्नु हुँदै उपस्थित बक्ताहरुले आचार्यको सहयोग प्रति कृतज्ञता व्यक्त गरेका छन् । विद्यालय व्यवस्थापन समितिका भूतपुर्व अध्यक्ष समेत रहनु भएका शिक्षासेवी भरत गौतमले समाजसेवी आचार्यको सहयोगले विद्यालयको शैक्षिक सुधारमा टेवा पुग्नुका साथै उहाँले सहयोग गर्ने एम्बुलेन्सबाट ग्रामीण भेगका विरामीहरुले समेत अकालमै ज्यान गुमाउन नपर्ने बताउनु भयो ।

उहाँले आचार्यको योगदानलाई विद्यालय र परवानीपुरवासीले युगयुग सम्म स्मरण गरि रहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस